Monday, December 6, 2021

माओवादी केन्द्रका नेता श्रीप्रसाद जवेगु एमालेमा प्रवेश गर्ने तयारीमा

काठमाडौं : पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका तत्कालीन पोलिटब्युरो सदस्य श्रीप्रसाद जवेगु नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । संविधान सभा सदस्य समेत रहेका जवेगु नेकपा माओवादी केन्द्रमा कुनै जिम्मेवारी नपाएकाले आफू एमालेमा प्रवेश गर्न लागेको बताएका छन् । नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँ एमाले प्रवेश गर्न लागेका हुन् । उनले न्यूज २४ सँग कुरा गर्दै ‘२०७५ सालमा एमाले र माओवादी केन्द्र एकता भएपछि पार्टीले कुनै जिम्मेवारी नदिएपछि एमालेमा प्रवेश गर्न लागेका हुन् । औपचारिक रुपमा केही दिनमा एमाले प्रवेश गर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ३ गते बालुवाटारमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा नेता जवेगु पनि उपस्थित रहेका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: