Monday, December 6, 2021

सर्वोच्चले एमाले ब्यूताएपछि पहिलो पटक ओली भेट्न धुम्बाराही पुगे नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री ओलीभन्दा अघि नेपालनिकट नेताहरु धुम्बाराही पुगेको जनाइएको छ । अब, केही बेरमै प्रधानमन्त्री ओली पनि केहिबेरमा आइपुग्ने बताइएको छ। साथै, ओली पक्षका नेता एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि कार्यालय पुगिसकेको जनाइएको छ । ४ महिनापछि ओली र नेपालबीच भेटघाट हुँदैछ । पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: