Monday, December 6, 2021

पत्रकार गणेश बिकमाथि प्रहरीको दुव्र्यहार

काठमाडौं : महाशिवरात्री पर्वको पशुपतिनाथमा समाचार संकलन गर्न गएका कान्तिपथकर्मीमाथि प्रहरीले दुर्वव्यहार गर्दै नियन्त्रणमा लिएर छोडेको छ । कान्तिपथ डटकमका डेक्स सम्पादक तथा राष्ट्रिय दलित पत्रकार सङ्घ, उपत्यका कमिटी नेपालका उपाध्यक्ष साथै नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाका सदस्य पत्रकार गणेश विकमाथि महानगरीय प्रहरी वृत गौशालामा कार्यरत प्रहरी निरीक्षक वलकुमार राईले दुर्वव्यहार गर्दै नियन्त्रणमा लिएर छोडेको हो ।

पत्रकार बिक पशुपतिनाथमा समाचार संकलनका लागी मन्दिरमा प्रवेश गर्न खोज्दा प्रहरी निरीक्षकको टोलीले उनलाई नियन्त्रणमा लिएर खै प्रेसकार्ड भनेर दुर्वव्यहार गरेको हो । प्रहरी खै प्रेसकार्ड भनेपछि पत्रकार विकले सर म कान्तिपथ मिडियामा कार्यरत छु साथै म संग नेपाल सरकार सूचना तथा संचार मन्त्रालय र नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको सदस्ययता कार्ड समेत छ भनेर देखाउदा पनि प्रहरी निरीक्षक वलकुमार राईसहितको टोलीले पत्रकार विकलाई १२ बजे नियन्तणमा लिई हिरासतमा राखेर साँझ ७ बजे छोडेको हो ।

यसरी गरी पत्रकार गणेश विकको मोवाइल फोन र प्रेसकार्ड प्रहरीले नियन्तणमा लिएको थियो । साथै पत्रकार विकले आफूमाथि प्रहरीले दुर्वव्यहार गरेको भिडियो मोवाइलमा कैद गरेको थियो भने त्यही आरोपमा प्रहरी निरीक्षक राईले मानसिक यातानासहित मोवाइलमा कैद गरेको भिडियो समेत डिलिट गरेर साँझ ७ बजे छोडेको छ । तर विकमाथि दुर्वव्यहार गरेको भिडियो प्रहरीले डिलिट गरी दिएपनि पत्रकार विकले आफ्नो मोवाइल फोनको डाटा रिकोभरी गरी भिडियो सुरक्षितका साथ राखेको उनले बताए ।

एक उच्च स्रोतका अनसार प्रहरी निरीक्षक वलकुमार राई टेक्का पट्टासमेत गर्ने गरेको आरोप लगाएको छ । साथै उनलाई पैसामा दियो भने जस्तो सुकै अपराधीलाई पनि छोड्ने गरेको आरोप लागेको छ । कान्तिपथले महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार समाचार संकलनका गएका पत्रकार गणेश विकलाई परिचयपत्र देखाउँदा देखाउँदै नियन्त्रणमा प्रहरीको हर्कतको कडा शब्दमा निन्दा गरेको छ । कान्तिपथ डटकमका पत्रकार विकमाथी आक्रमण गर्ने प्रहरीलाई कार्वाहीको माग समेत गरेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: