Friday, July 1, 2022

चौतर्फी विरोधपछि एसपीपीका बारेमा अमेरिकी राजदूतावासको हावादारी बयान

काठमाडौं । अमेरिकी राजदूतावासले नेपालमा अमेरिकी सैन्य सम्झौताको चौतर्फी विरोध भएपछि नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल हुन दुईपटक निवेदन दिएको हावादारी बयान दिएको छ । नेपालको दुई पटकको अनुरोधपछि सन् २०१९ मा उक्त अनुरोध स्वीकारेको काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले आफ्नो पदीय गरिमाको ख्याल नगरी वेतर्कको बयान दिएका हुन् । बुधबार पत्रकारहरुसँग कुरा गर्दै मिकलरले भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गयौं ।’ अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकारेको बताए ।

तर नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने एसपीसीको सम्बन्धमा सेनालाई केही थाहा नभएको उल्लेख गर्दै आएका छन् । नेपालले एसपीपीका लागि सन् २०१५ र २०१७ मा दुबै पटक पत्राचार गर्दा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए । क्षत्रीले नेपाल सरकारको स्वीकृति लिएर रक्षा र परराष्ट्र मन्त्रालयलाई बोधार्थ पत्र पठाउँदै अमेरिकालाई एसपीपीको लागि पत्राचार गरेको मानुएल पी. मिकलरले दाबी गरे पनि दुई देशको बीचमा औपचारिक सम्झौता भएकै छैन । मिकलर आफ्नै बयानको खण्डन गर्दै एसपीपीमा कुनै पनि प्रस्तावित सम्झौता नभएको बताउँछन् ।

अमेरिकाको तर्फबाट यस सम्बन्धमा कुनै पनि दबाब नदिएको पनि उनले बताए । उनले एसपीपीमा कुनै पनि एलायन्स नरहेको बताए । एसपीसी नेपालको उत्तरी छिमेकी चीनविरुद्ध प्रयोग गर्न लागेको एउटा हतियार त होइन भन्ने प्रश्नमा उपप्रमुख मिकलरले भने,‘यो २५ वर्ष अघि अस्तित्वमा आएको हो । यसमा ९० मुलुकका ८० भन्दा बढी सहकार्य भएका छन् । धेरै मुलुकहरु यस क्षेत्रका छैनन् ।’ पत्रकारहरुसँगको कुराकानीमा उपप्रमुख मिकलरले केहि सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएको प्रस्तावित दस्तावेज गलत भएको उनले दाबी गरे । एसपीसी कार्यक्रम सुरक्षा र सैन्य गठबन्धन नरहेको उल्लेख गर्दै उपप्रमुख मिकलरले यसले द्विपक्षीय फाइदाका कार्यक्रम गर्ने बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: