Friday, July 1, 2022

नयाँ ध्रुवीकरणको संकेत, माधवको बालुवाटारमा र नारायणकाजी बालकोटमा गोप्य भेटघाट

काठमाडौं । मुलुकको राजनीतिमा देखिएको पछिल्लो ध्रुवीकरणले आन्तरिक राजनीति थप तरल बन्ने अवस्था देखिएको छ । प्रमुख दलका शीर्ष नेताहरुबीच खुल्लमखुल्ला र गोप्य भेटघाटको श्रृंखला बढेकाले उक्त अवस्था आइलागेको हो । सोही क्रममा हिजो साँझ प्रधामन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेटघाट गर्नुभएको छ ।

उता अहिलेको सत्ता गठबन्धनलाई जसरी पनि भत्काउने निश्कर्षमा पुगेको एमाले र उसको नेतृत्वले भेटघाट र कुराकानीबाट त्यो पहल गरेको आकलन गरिएको छ । हिजो भक्तपुर बालकोटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आफ्नो पार्टीसँग असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठले हिजो दिउँसोदेखि साँझसम्म अध्यक्ष ओलीसँग भेटघाट र कुराकानी गर्नुभएको छ । उहाँहरुबीच भएको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: