Friday, July 1, 2022

निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

बुटवल । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो ।

रुपन्देहीका  प्रहरी प्रमुख  रविन्द्र रेग्मीले आगलागी नियन्त्रणमा आएको बताए । उनले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाए । आगलागी कारण खुलिनसकेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: