Wednesday, May 18, 2022

भ्याए भने ओलीलाई बालकोटमै गएर ट्युसन पढाउँछु : गगन थापा

काठमाडौं । काँग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटको पर्दाफास सुन्न नसकेको बताएका छन् । ओलीले काँग्रेसको चुनावी संकल्पलाई ओलीले बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेपछि गगनले पनि जवाफ फर्काएका हुन् । ओलीलाई रिस उठ्यो भन्दैमा काँग्रेसले कालोलाई सेतो र गलतलाई सही हो भनेर नभन्ने उनले बताए । उनले भने, ‘बुढा भा धेरै सनक्क सन्किँदा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो पर्न सक्छ । आइराख्छ यो त काँग्रेसले झूटलाई झूट त भनिराख्ने भयो । त्यसकारण शरीरको ख्याल गरिराख्नुहोला ।’

उनले महाधिवेशनको बेलामा पनि ओलीले आफूलाई समुन्नत नेपालको चोरीको आरोप लगाएको उल्लेख गर्दै आफूले उनलाई बालकोट नै गएर ट्युसन पठाउन चाहेको बताए । उनले केपी ओलीलाई लजिक नभइ म्याजिकमा विश्वास रहेको बताए । ‘अस्ति नै मेरो चुनाव लड्दै गर्दा महाधिवेशनको बेलामा पनि उहाँले समुन्नत नेपाल भन्ने अवधारणा अघि सार्दै गर्दा मेरो आइडिया चोर्यो भन्नुभएको थियो । हिजो पनि चोर्यो चोर्यो भन्नुभएन’, उनले भने, ‘पार्टीको अध्यक्ष उहाँलाई पनि दौडधूप छ । मलाई पनि आफ्नै भ्याइनभ्याइ छ । अलिकति भ्याएको बेलामा चाहिँ बालकोट नै गएर ट्युसन पढाउँथे । यो मेरो समृद्धिको आइडिया कसैले चोरेर लग्देला भनेर अनिदो नबस्नुस् ।’

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: