Friday, July 1, 2022

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्ने केशव स्थापितको दाबी

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको बताए । ‘कांग्रेसको स्थायी भोट ४५ हजार मात्रै हो । माओवादीको ७ हजार । सबै खस्यो भने पनि ५२ हजार होला । समाजवादीले भोट लग्यो भने गठबन्धनको ५५–५८ हजार होला । काठमाडौंका जनताले पहिल्यै ८४ हजार ६ सय मत दिएको मान्छे हुँ म । त्यसैले गेम इज ओभर । हामी चुनाव जित्छौँ’, स्थापितले भने ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: