Friday, July 1, 2022

राजावादीसँग मिलेका ओली विक्षिप्त भईसकेका छन् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमाले गुट, प्रतिक्रियावादी, राजावादी र दलालहरू सुरुदेखि नै लागेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र नवलपुरले गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष दाहालले आगामी निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरूबीच चुनावी तालमेल हुने बताउनुभयो ।

उहाँले गठबन्धनको विषयमा जनताले अझै बुझ्न नसकेको भए बुझाउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले अहिलेको चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले देशमा गणतन्त्र देख्न नरुचाएकै कारण ओलीले राप्रपासँग गठबन्धत गर्न लागेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताउनुभयो । राजावादीसँग मिलेका ओली विक्षिप्त भएको जिकिर गर्दै उहाँले ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको टिप्पणी गर्नुभयो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: