Wednesday, May 18, 2022

सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।   पछिल्लो समय सरकारमा सहभागीता बारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।

तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: