Friday, July 1, 2022

सहमतिपछि पनि एनआरएनएमा घलेको गाईजात्रा जारी : रोकिएन समानान्तर सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन राजधानीको एक तारे होटलमा आयोजना गरिएको हो । विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।

गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । आचार्य घलेसँगै समानान्तर गतिविधिमा सक्रिय रहेकामा अन्ततः सहमतिको बिन्दुमा आएका हुन् । सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ भने त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आचार्यको सहभागिता रहेको थियो । उनले एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: