Friday, July 1, 2022

युक्रेनको बन्दरगाह शहर खेअरसन रूसको नियन्त्रणमा

एजेन्सी । युक्रेनको बन्दरगाह शहर खेअरसनका मेयरले उक्त दक्षिणी शहर रुसी फौजको नियन्त्रणमा गएको बताएका छन्।इगोर कोलीखाएभले उक्त शहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्।

मेयर कोलीखाएभले भनेका छन्, “मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ।” स्थानीय समयानुसार मस्कोका फौजले राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेखेका छन्।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: