Friday, July 1, 2022

म सांसदहरुको घेराबन्दीमा परे, अब सरकार छाड्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् । यससँगै बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी रोकिएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रधानमन्त्री देउवाको जोडबल थियो । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाउन उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग ल्याउने प्रस्तावमा सहमति गरे ।

प्रचण्ड र नेपालको साथ पाएपछि प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीलाई बुधबारको बैठकको एजेण्डा बनाउन दबाब दिएका थिए । बुधबार टेबल गर्ने र बिहीबार बैठक राखेर सत्तारुढ माओवादी र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुँदा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीकै बीच एमसीसी अनुमोदन गर्ने उनको योजना थियो ।

तर संसद बैठक अघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको योजना बिथोल्यो । माओवादीले संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्न नहुने मात्र बताएन, जबरजस्ती गरिए विपक्षमा मत दिने बतायो ।

संसदीय दलको बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगे । प्रधानमन्त्री देउवालाई पार्टीको निर्णय सुनाउँदै उनले भनेका छन्, ‘म सांसदहरुको घेराबन्दीमा परे, मैले सक्दै सकिनँ । कोशिश गर्दा पनि नसकेका हुँदा सरकारमा बस्नु उपयुक्त हुन्न, सरकार छाड्छौं ।’

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: