Friday, July 1, 2022

थप २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ०७३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६०२ जना र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४२५ जना कोरोना मुक्त भए, १६ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ४९ हजार ६१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: