Wednesday, May 18, 2022

अनियमितता पुष्टी भयो भने जेल जान तयार छु : धुर्मुस

काठमाडौं । चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयलाई लिएर भइरहेका टिक्काटिप्पर्णप्रति कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले चित्त दुखाएका छन् ।

रंगशालको सम्पूर्ण प्रतिवेदन आइसकेपछि कुनै खोट देखिए जुनसुकै सजाय भोग्न तयार रहेको उनले बताए । भरतपुर महानगरपालिकाको आयोजनामा आज आयोजित रंगशाला सम्वन्धी एक अन्तरक्रिया कार्यक्रममा धुर्मुस भावुक र आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।

पूर्णता पाइनसकेको प्रारम्भिक प्रतिवेदन महानगरपालिकाले मिडियामा सार्वजनिक गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए । वास्तविकता राम्ररी नबुझीकन नचाहिँदो आक्षेप नलगाइदिन उनले सबैलाई आग्रह गरे ।

बीचमा प्रारम्भिक प्रतिवेदन भनेर, जुन पुष्टि नै हुन बाँकी छ, त्यो सार्वजनिक भयो । मेरो आपत्ति त्यसमै छ । त्यो प्रतिवदेन प्रारम्भिक हो । छुटेका डकुमेन्ट पुरा गर्छौंं भनेका छौं । अनि बल्ल वास्तविकता के हो भन्ने देखिन्छ । पूरा प्रतिवेदन आइसकेपछि कुनै अनियमितता पुष्टी भयो भने म आफैं सजाय भोग्न तयार छु । कुनै पनि त्रुटी–कमजोरी भेटिए जेल जान तयार छु ध्रुमुसले भने ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: