Wednesday, May 18, 2022

बढ्दो भारतको ज्यादती, दशगजा क्षेत्रमा एसएसबीको सुरक्षा पोष्ट

विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ । विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो ।

विराटनगर महानगरपालिका-१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो । एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ छ । ‘दशगजा क्षेत्रमा सुरक्षा पोष्ट राख्न मिल्दैन, ‘विराटनगर- १६ का वडा अध्यक्ष मनोज सुब्बाले भने’ यसमा हाम्रो आपत्ति छ, तत्काल सुरक्षा निकायले पहल गरोस् ।’

दशगजामा सुरक्षा पोस्ट बनाएर भारतीय पक्षले नेपालको गतिविधि नियालिरहेको हुनसक्न उनको भनाइ छ । उनले कूटनैतिक रुपमा समस्या पोष्ट हटाउन पहल गर्नुपर्ने बताए । उनका अनुसार १५-२० दिनअघि भारतीय पक्षले एक पक्षीय रुपमा दशगजा क्षेत्रमा पोष्ट खडा गरेको हो । दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: