Friday, July 1, 2022

पहिलो द भ्वाइस किड नेपाल बने जेनिस उप्रेती

काठमाडौं। जेनिस उप्रेती पहिलो द भ्वाइस किड नेपाल बनेका छन्। फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड नेपाल बनेका हुन्। उनी कोच प्रमोद खरेलको टिममा थिए। विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन्।

यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो। द भ्वाइस अफ नेपालको सिनियरतर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ। तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स नेपाल’को यो पहिलो सिजन थियो।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: