Friday, January 28, 2022

कैलालीमा एमालेको अधिवेशनमा झडप, युवाहरुले मतपेटिका फालिदिए

कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक(पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो । प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो । झडपमा युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने र मतपत्र छरिदिएका छन् । झडपपछि कैलालीको निर्वाचन अनिशचित भएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: