Friday, January 28, 2022

लिपुलेक क्षेत्रमा भारत सलबलाउदा नेपाल मुकदर्शक, सडक पनि सुनसान

काठमाडौं । अतिक्रमित भूमि कालापानी लिपुलेकमा भारतले मनोमानी गरिरहँदा नेपाल मुकदर्शक बनेको छ । सरकार मात्रै होईन, विगतमा सरकारलाई सडकबाट घचघच्याउने सडक पनि सुनसान देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलमखुला लिपुलेकमा सडक निर्माण कार्य जरी नै रहेको बताए पनि नेपालले त्यसको कुटनीतिक जवाफ दिन सकिरहेको छैन । केही दिन अघि नरेन्द्र मोदीले अतिक्रमित भूमि कालापानी लिपुलेक क्षेत्रको सडक निर्माण कार्य जारी रहेको बताए ।

भारत उत्तराखण्डको हल्द्वानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका मोदीले नेपाल भारत विवादित मूमि लिपुलेकमा सडक निर्माण भइरहेको बताएका थिए । प्रधानमन्त्री मोदीले मात्रै होइन्, भारतको उत्तराखण्ड राज्यका गभर्नर गुर्मित सिंहले पनि अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका थिए । उनले त्यहाँका स्थानीय र भारतीय सुरक्षाकर्मीहरुसँग भेटघाटसमेत गरेका थिए । उनले उक्त क्षेत्रमा गत शनिबार भ्रमण गरेको उनी आँफैले पुष्टि गरेका छन् । भारतको यी सबै गतिविधिहरुप्रति भने नेपालसरकार प्रतिकृयाविहीन मौन छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएका बेला नेपालको अतिक्रमित र विवादित भूमिमा मुख्य व्यक्तिहरुले अवलोकन गर्नु अर्थपूर्ण छ । यद्यपि देउवाको भारत भ्रमण भने रद्द भइसकेको छ ।

भारतको पछिल्ले गतिविधिहरुकमा नेपालले सरकारीस्तरबाट कुनै शब्द बोल्न सकेको छैन् । विगतमा नेपालको परराष्ट्रले कुटनीतिक पहलबाट समस्याको हल गर्न भन्दै पत्र पठाएपनि त्यसालाई वेवास्ता र हलुङ्गो रुपमा भारतले लिइरहेको छ । सन् १८१६ मा सम्पन्न सुगौली सन्धि, तत्कालीन समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवम् प्रमाण अनुसार काली नदी र त्यसपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुन्जी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपालकै भूमि हुन् । राणाकालमा त्यस क्षेत्रका स्थानीयहरुले आफ्नो जग्गाको तिरो तिरेका प्रमाणहरुसमेत नेपाल सरकारसँग छ । तर उक्त भूमि लामो समयदेखि भारतको कब्जामा रहँदै आएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: