Friday, January 28, 2022

एमाले नेतालाई हटाएर माओवादी नेता बस्नेतलाई युवा परिषदको कार्यकारी उपाध्यक्षमा नियुक्ति

काठमाडौं । राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजतको प्रस्तावमा बस्नेतलाई चार वर्षका लागि नियुक्त गरेको हो । माओवादी केन्द्रका युवा नेता बस्नेत अनेरास्ववियू क्रान्तिकारीका पूर्व उपाध्यक्ष पनि हुन् । बस्नेतलाई राज्यमन्त्री सरह सुविधा पाउनेगरि चार वर्षका लागि नियुक्त गरिएको मन्त्री गहतराजले बताए । यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका माधव ढंगेललाई सरकारले हटाएको थियो । ढुंगेल एमाले केन्द्रीय सदस्य हुन् । उनी पुनर्वहालीका लागि अदालत नगएपछि बस्नेतलाई नियुक्तिको बाटो सहज भएको हो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: