Friday, January 28, 2022

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए । झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: