Friday, January 28, 2022

तीन अर्ब बढी ठग्ने इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठ​लाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश छ । त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: