Friday, January 21, 2022

प्रचण्डपथ भन्नु पछाडि फर्किनु हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र छलफल नगरी प्रचण्डपथलाई स्थगित गर्नु कमजोरी भएको स्वीकार गरेका छन् । तर अब फेरि प्रचण्डपथ भन्नु पछाडि फर्किनु हुने भन्दै यसबारे पार्टीमा भइरहेको बहसलाई अन्त्य गरिदिएका छन् ।

काठमाडौंमा चलिरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सोमबार राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले जनयुद्धको गुणात्मक विकासमा प्रचण्डपथ र त्यही आधारमा विकसित २१ औं शताब्दीको जनवादको विकाससम्बन्धी प्रस्तावनाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आफ्नो प्रस्तावमा तत्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वार्टरका रुपमा प्रचण्डपथलाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको स्मरण गरेका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: