Tuesday, July 5, 2022

माओवादी नेता-कार्यकर्ताले वर्षमा १५ दिन अनिवार्य श्रम गर्नुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कार्यकर्ताले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार सुरु भएको बन्दसत्रमा नेता, कार्यकर्तालाई उत्पादनसँग जोड्नका लागि अनिवार्य १५ दिने शारीरिक श्रम गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले प्रतिवेदनमा राखेका हुन् ।

अध्यक्ष प्रचण्डको उक्त प्रस्तावमा पार्टीका हरेक नेता कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने भनिएको छ । साथै, यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष प्रचण्डले मओवादीले नेतृत्व गर्दै आएको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव गरेका छन् । त्यस्तै माओवादीले नेतृत्व नगरेका स्थानीय तहमा पनि ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव गरिएको छ ।

‘प्रदेशले १०० जनालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नेतर्फ जाऊँ। केन्द्रले केन्द्रीयस्तरका उद्योगसम्बन्धी काम गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्ने कुरालाई अनिवार्य गर्नुपर्छ। यसैगरी अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको प्रदेशमा १०० जनासम्म युवालाई कृषि, पशुपालन र दुग्ध उत्पादनमा लगाउने प्रस्ताव गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेशले १०० जनालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नेतर्फ जाऊँ। केन्द्रले केन्द्रीयस्तरका उद्योगसम्बन्धी काम गर्नुपर्छ । हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्ने कुरालाई अनिवार्य गर्नुपर्छ।’

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: