Friday, January 28, 2022

प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति लज्जास्पद भएको बताएका छन् । रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको दावी गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।’नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए ।

नेपाली कांग्रेसमा सभापति समेत रहेका देउवाले भनेका थिए– ‘एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन चाहिदैन भन्ने रु विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । तर एमसीसीले सित्तैमा दिन्छु भन्छ, नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन्, राम्रोसँग बुझ्नुपर्‍यो ।’

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: