Friday, January 28, 2022

बालुवाटार जग्गा प्रकरणका योजनाकार सुवेदी पक्राउ परेपछि दीप बस्यात भारतमा फरार

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा छानविन अघि बढेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा मुख्य योजनाकार रामकुमार सुवेदीलाई पक्राउ गरेलगत्तै बस्यात सम्पर्कविहीन भएका हुन् । उनी स्वास्थ्य उपचारको बाहनामा भारततर्फ लागेको पारिवारिक स्रोतलाई उधृत गर्दै सीआईबी स्रोतले बताएको छ ।

‘जिल्ला अदालत काठमाडौंले उहाँ विरुद्ध पक्राउ अनुमतिपत्र जारी गरिसकेको छ’ ब्यूरो स्रोतले भन्यो, ‘हामीले उहाँलाई बोलाएर बयान लिने तयारी गरिरहेका थियौं, एकाएक सम्पर्कविहीन हुनुभयो ।’ स्रोतका अनुसार सुवेदी दम्पत्ति पक्राउ परेलगत्तै बस्यातले काठमाडौं छाडेका हुन् । ब्यूरोका निर्देशक डीआईजी धिरजप्रताप सिंहले केही व्यक्तिको हकमा अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान चलिरहेको बताए । तर बस्न्यातकै बारेमा भने सम्बन्धित अनुसन्धान अधिकृतलाई थाहा हुने उनले प्रतिक्रिया दिए ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव आफैंले मन्त्रिपरिषदमा लगेको आरोप छ । बस्न्यातले तयार पारेको मन्त्रिपरिषदमा लैजाने प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालिन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातसहित ११० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचार मुद्दा चलाइसकेपछि प्रहरीको ब्यूरोले अहिले उनीमाथि कीर्ते कागजात तयार गरेको आरोपमा समेत अनुसन्धान गरिरहेको हो । २०७२ साल चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका बस्न्यात २०७४ साल जेठ ८ अख्तियारको प्रमुख आयुक्त बनेका थिए ।

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: