Friday, January 28, 2022

ललिता निवासमा सीआईबी निष्कर्ष : २१ वर्षमा चार पटक कागजात कीर्ते

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा सरकारी कागजात कीर्ते गरी व्यक्तिको नाममा सारेको आरोपमा एकैसाथ चारवटा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०४९ सालदेखि २०७० सालसम्म चारपटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ सीआईबीले चार वटा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिने तयारी गरेको हो ।

सीआईबीका अनुसार २०४९, ०६२, ०६७ र ०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ । हरेक चरणमा कीर्ते कागजातका आधारमा जग्गा हत्याउने काम भएकाले चारवटा अभियोग पत्र पठाउने गरी तयारी गरिएको ब्यूराका निर्देशक डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: