Friday, January 28, 2022

पार्टी एकता गल्ती थिएन, आत्मसमीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पार्टी एकता गल्ती नभएको बताएका छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन सत्रलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति पनि महत्त्वपूर्ण रहेको बताएका हुन् । पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको भन्दै उनले पार्टी एकताको उद्देश्यमा गल्ती नहुँदा नहुँदै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । प्रचण्डले गम्भीर आत्मसमीक्षासहित जनता र राष्ट्रसामु समर्पित हुने गरी महाधिवेशनमा प्रस्तुत हुन पार्टीका कार्यकर्ताहरूलाई आग्रहसमेत गरे । प्रथम राष्ट्रिय सम्मेलनलाई हिजोमात्र महाधिवेशन बनाउने योजना बनाएको र आज केन्द्रीय समितिको बैठकबाट निर्णय भएको भन्दै छोटो समयमा पनि सबै दलका प्रमुख नेता तथा प्रतिनिधिहरू सहभागी भएर महाधिवेशनको गरिमा बढाइदिएको भन्दै उनले आभार प्रकट गरे ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: