Friday, January 28, 2022

विकिनी किलर चाल्र्स शोभराजलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले विकिनी किलर चाल्र्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ । विहीबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले चाल्र्स शोभाराजलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो । चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि चाल्र्स शोभराज केन्द्रीय कारागारको गोलघरमा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने चाल्र्स शोभराजको माग छ ।

चाल्र्स शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुन नपर्ने आधार र कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: