Friday, January 28, 2022

प्रेस स्वतन्त्रताविरोधी कानुन अस्वीकार्य : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले प्रेस स्वतन्त्रताविरोधी संचार कानुन कांग्रेसको लागि अस्वीकार्य हुने बताएका छन् । कांग्रेस सरकारकै पालामा मस्यौदा बनेका वा संसद्‌मा दर्ता भएका भए पनि त्यसलाई सच्याइने उनले बताए ।

केही संचार कानुनका विधेयक संविधानले प्रदत्त गरेका दृष्टिकोणभन्दा फरक छन्,´ नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले भने,आगामी दिनमा कांग्रेसले सच्याउने छ ।´ महामन्त्री शर्माले अब बदलिएको कांग्रेस, बलियो कांग्रेस र आमनिर्वाचनबाट पहिलो कांग्रेसको अभियान सुरू गरिने बताए । कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेसले आफ्नो प्रेस स्वतन्त्रतामैत्री चरित्रलाई थप बलियो बनाउने बताए । प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले युवाहरूको बढोत्तरीले कांग्रेसको रूपान्तरण यात्रा सुरू भएको बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: