Friday, January 28, 2022

माओवादी केन्द्रको वागमती प्रदेश समितिको अध्यक्षमा दुई जनाको उम्मेदवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एक जना सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ र अन्जानकुमार तिमिल्सिना गरी चार जनाको उम्मेदवारी परेको छ । सहसचिव तीन पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै कोषाध्यक्ष एक पदका लागि तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराई गरी तीन जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: