Friday, January 28, 2022

अपहरणमा मुछिएका अमर टण्डन जोगाउन खोज्ने डीएसपीसहित १५ प्रहरीलाई स्पष्टीकरण

काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी अमर टण्डनमाथि अनुसन्धान पुरा नगरी म्याद गुजार्ने अनुसन्धान अधिकृतलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । रुपन्देहीको वुटवल–११ स्थित मिलन चोकमा २०६४ माघ २९ मा भएको अपहरणको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले लापरवाहीपूर्वक म्याद गुजारेका थिए । सो घटनामा हाल बहालमा रहेका डिएसपीहरु माधव बुढाथोकी, भिमलाल भट्टराई इन्सपेक्टर ऋषिराम घर्तिमगर र राजु कार्कीसहित १५ जनालाई स्पष्टीकरण सोधिएको हो ।

रुपन्देही अमुवाका अमर टण्डनमाथिको अनुसन्धान पूरा नगरी म्याद गुजारेको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० भीम प्रसाद ढकालको नेतृत्वमा छानविन समिति बनाएको थियो । छानविन समितिको रिपोर्टका आधारमा १५ जना प्रहरी अधिकारीलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए । रुपन्देही अमुवा घर भएका टण्डनको समूहले मिलनचोकबाट ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेका थिए । तर, सो अभियोगमा टण्डन बिरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरुले म्याद गुजारेका थिए ।

अपहरण हुँदा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख थिए तत्कालीन डिएपी जगतमान श्रेष्ठ । श्रेष्ठले प्रहरी उपरिक्षक ९एसपी० दर्जाबाट अवकाश पाएका छन् । अनुसन्धानमा संलग्न तत्कालिन इन्सपेक्टर नविन कार्कीले पनि अवकाश पाएका छन् । छानविन प्रतिवेदनका आधारमा पहिलो चरणमा अनुसन्धानमा संलग्न तत्कालिन प्रहरी निरीक्षकहरुलाई स्पष्टीकरण सोधिएको छ । शुरुमा जतमान श्रेष्ठ र पछिल्लो समय डिएसपी प्रतिक सिंह राठौर इप्रका वुटवलको इन्चार्ज हुँदा सो घटनामा लापरवाही भएको छानविन समितीको ठहर छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: