Friday, January 28, 2022

एमसीसीकै कारणले गठबन्धन टुट्दैन : कांग्रेस नेता रमेश लेखक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण वर्तमान पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन् । ‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले अनलाइनखबरसंग भने । सत्तागठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न एमाले तयार भएको सन्देश एमाले नेताहरुले कांग्रेसलाई दिइरहेका बेला नेता लेखकले यस्तो बताएका हुन् ।

कांग्रेस नेता लेखकले पाँच दलीय सत्ता गठबन्धनमा चुनौतीहरु आए छलफलबाट व्यवस्थापन गरिनुपर्ने पनि उल्लेख गरे । उनी भन्छन्, ‘सत्ता गठबन्धन भत्किहाल्ने स्थिति छैन, भत्किनु पनि हुँदैन । केही चुनौतीहरु भए पनि त्यसलाई सामना गरेर छलफल सरसल्लाहबाट व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल पनि भएको थियो । बैठकले एमसीसी अगाडि बढाउने वा नबढाउने विषयमा ठोस निष्कर्ष निकाल्न सकेन ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: