Friday, January 28, 2022

धरापमा एमसीसी : कांग्रेस बाहेकका दलहरु एमसीसीको विपक्षमा

काठमाडौं । संसद अवरोध र अमेरिकी साहायता परियोजना (एमसीसी) लगायतका विषयमा छलफल गर्न बसेको नेकपा (एमाले) बाहेकको सर्वदलीय बैठक सकिएको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेस बाहेकका दल एमसिसी परिमार्जनबिना पारित गर्न नहुने पक्षमा उभिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसापा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपालगायतले भने विपक्षमा मत राखेका थिए ।

बैठकमा सहभागी नेमकिपा नेता प्रेम सुवालका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसोधनबिना पारित गर्न नहुने धारणा राखेका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठले पारित गर्न नहुने धारणा रोखका थिए । एकीकृत समाजवादीका तर्फबाट बोलेको नेता बेदुराम भुसालले संसोधनबिना पारित गर्न नहुने बताए । जसपाका तर्फबाट बोलेका बाबुराम भट्टराईले भने अघि बढाउनुपर्ने धारणा राखेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र रामशरण महत बोलेका थिए । उनीहरु दुवैले एमसिसी अगाडि बढाउनुपने धारणा राखेका थिए।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: