Friday, January 28, 2022

एस–५०० पाउने पहिलो देश बन्न सक्छ भारत, यसले चीनलाई कत्तिको फरक पर्ला ?

काठमाडौं । एस–५०० एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम छिट्टै भारतले पाउने भएको रुसका प्रधानमन्त्री यूरी बोरिसोवले दाबी गरेका छन् । विश्वका मिडियाहरुमा यस बारेमा चर्चा व्यापक चलिरहेको समयमा उनको यस्तो दावी आएको हो । केही महिना अगाडि एस–४०० को बिक्रीको घोषणा गरिसक्दाको समयमा अमेरिकाले भारतमाथि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा गरेको यियो । चीन भने मौन बसेको थियो ।

यो कुराले त्यतिबेला झनै चर्चा पायो, जब यसै महिनाको सुरुवातमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतको भ्रमण गरेका थिए । यसले चीनलाई दबाबमा राख्न सक्ने दैनिक भाष्करले जनाएको छ । किनकि चीनसँग पहिलेनै एस–४०० रहेको छ । यो सिस्टमा भारत पनि किन्ने तरखरमा रहँदै आएको छ । यदि भारतले एस–५०० किन्यो भने चीनको भन्दा भारतको हात माथि हुने भारतीय मिडियाहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: