Monday, December 6, 2021

भारतमा ए दिन १८ हजार बढीमा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसका कारण भारतमा थप १८ हजार तीन सय २७ जना संक्रमित भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा अरू एक सय आठजनाको मृत्यु पनि भएको यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरूले जनाएका छन् । कुल संक्रमितमध्ये एक लाख ८० हजार तीन सयजना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६ सय ५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीका अनुसार यही ५ मार्चका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये सात लाख ५१ हजार नौ सय ३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । भारतमा देशभरि अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: