Friday, January 21, 2022

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, झिनो मतले चुके गच्छदार

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् । खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ र ३ मत अन्तरले जितेका हुन् । गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे । चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । अन्तिम मतपरिणाम केही बेरमा निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्दैछ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: