Friday, January 28, 2022

पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना सक्रमण, ६ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २० हजार ८८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भए, ६ को मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०७ हजार ८१६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख १४ हजार २२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: