Friday, January 21, 2022

नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु सक्रिय : भारतीय रक्षामन्त्री सिंह

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु रहेको बताएका छन् । नेपाल भारत बीच पछिल्लो समय नयाँ नक्सा र तुइन काण्डका कारण सम्बन्ध चिसिरहेको बेलामा बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गरेका हुन् । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार सिंहले दुई मुलुकको सम्बन्धलाई टुट्न नदिने बताएका हुन् । ‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु कि यदि हामीले हाम्रो शिर झुकाउनु पर्यो भने झुकाउछौं,’ उनले भने, तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: