Friday, January 28, 2022

पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डको साँठगाँठ रहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच जनयुद्धकालीन समयमा साँठगाँठ भएको दावी गरेका छन् । उनले प्रचण्डकै सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दलहरूलाई किनारा लगाएर शासन हातमा लिएको पनि ओलीको दावी छ । ‘माघ १९ मा पार्टीहरूको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए’, बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले भने, ‘ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।’

उनले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत ओलीले जिकिर गरे । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’, ओलीले भने, ‘कसका विरुद्ध सहमति भएको थियो त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।’

जनयुद्धका क्रममा लोकतान्त्रिक शक्तिहरु रुकुम रोल्पा जान नसक्दा ज्ञानेन्द्रले सो ठाउँमा कसरी अभिनन्दन कार्यक्रम चलाए भनेर पनि ओलीले प्रश्न गरे । उनले काँग्रेस पनि प्रतिगामीको मतियार भएको आरोप लगाए । विभिन्न कालखण्डमा काँग्रेस प्रतिगामीको मतियार बनेको ओलीको आरोप छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: