Friday, January 28, 2022

प्रचण्ड र देउवा ‘बेस्ट फ्रेन्ड’ : आरजू

काठमाडौं । कांग्रेस नेता आरजू देउवाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको चाँडै रिसाउने बानी भए पनि बिर्सिहाल्ने बताएकी छिन् । १४औं महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको निर्वाचनमा मतदानमा जानुअघि पत्रकारसँगको कुराकानीमा आरजूले पति देउवाका राम्रा–नराम्रा बानीबारे चर्चा गरेकी हुन् । आरजूले भनिन्, ‘उहाँ एकदमै चाँडै रिसाउनु हुन्छ । तर बिर्सिहाल्नु हुन्छ । पूर्वाग्रह राख्नुहुन्न ।’ गृहमन्त्री भइसकेपछि आफूले कुनै बेला देउवालाई ‘तपाईं जेलमा छँदा यातना दिने प्रहरी देख्दा कस्तो लाग्छ ’ भनेर सोधेको स्मरण गर्दै उनले भनिन्, ‘त्यो उसको ड्युटी थियो । त्यो उसको बर्दीको कुरा थियो । मैले कसरी पूर्वाग्रह राख्न मिल्छ भन्नु भाथ्यो ।

विगतका तिता कुरा चाँडै बिर्सिने र क्षमा दिने बानी देउवामा भएको बताउँदै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीचको मित्रताको उदाहरण दिइन् । ‘कुनै बेला एकजनाले टाउकोको मूल्य राखेको अर्कोले झन्डै मारेको । कस्तो मारामार थियो । तर आज दुवै जना बेस्ट फ्रेन्ड छन्,’ यति भनेपछि उनी सभागृहमा आफ्ना पतिलाई भोट हाल्न मतदान केन्द्रतर्फ लागिन् ।

आरजूले लन्डनमा अध्ययन गरेकाले देउवाको अंग्रेजी भाषा भने तुलनात्मक रुपमा राम्रो भएको बताइन् । त्यस्तै अध्ययन र भम्रणमा पनि देउवाको रुची रहेको उल्लेख गर्दै आरजूले भनिन्, ‘उहाँ विशेषगरी दर्शनसम्बन्धी पुस्तक पढ्न रुचाउनुहुन्छ । अनि स्वास्थ्यसम्बन्धी पढ्न रुचाउनुहुन्छ । स्वास्थ्यसम्बन्धी सोध्यो भन्यो उहाँले सबै कुरा भन्नुहुन्छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: