Friday, January 21, 2022

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: