Friday, January 21, 2022

उत्पादनमूलक उद्योगलाई एक महिनामै १०० मेगावाट बिजुली

काठमाडौं । उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।

यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफैँ उद्योग–उद्योगमा पुगेर धमाधम बिजुली दिन थालेका हुन् ।

यतिबेला उत्पादनमूलक उद्योगले मागेजति बिजुली सहजै स्वीकृत हुन थालेको छ । प्राधिकरणले उद्योगको आवश्यकता अनुसार १३२ किलो भोल्ट (केभी) र २०० केभी बिजुली उद्योगमै पुर्याउन थालेको छ । ‘उद्योगले मागेअनुसार उनीहरूकै प्राङ्गणसम्म बिजुली पुर्याउन थालेका छौं,’ घिसिङले भने, ‘तर, यति ठूलो लोड जम्मा तीन÷चार वटा उद्योगले मागेका छन् । अधिकांश उद्योगले १० मेगावाटभन्दा कम बिजुली माग्छन् ।’

होङ्सीलाई ३० र ह्वासिनलाई २० मेगावाट बिजुली
सुरुमा ६० मेगावाट बिजुली लिने भनेको चिनियाँ लगानीको होङ्सी सिमेन्टले समेत मागेजति बिजुली चलाउन सकेको छैन । नवलपरासीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टले आफूलाई ६० मेगावाट बिजुली चाहिने बताएपनि दैनिक बढीमा २० मेगावाटसम्म बिजुली मात्रै खपत गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: