Friday, January 28, 2022

दोस्रो चरणको निर्वाचन २५ सय मत खस्यो

काठमाडौं । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ । दोश्रो चरणमा मतदान सुरू भएको हालसम्म २ हजार ५ सय मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा​ ६ वटा बुथको व्यवस्था गरिएको छ ।

मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: