Friday, January 28, 2022

भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले बताए । पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार आयोगको टोलीले गरेको स्थलगत छानबिनको आधारमा सो उजुरी उपर थप अनुसन्धान गरिने सहसचिव रिसालले बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: