Sunday, May 22, 2022

सभामुखलाई चेतावनी दिँदै ओलीले भने, उत्तेजनामा नआउनुस्, परिणाम नराम्रो होला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्। मंगलबार संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्। उनले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्। ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सापकोटालाई सचेत गराए।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: