Friday, January 28, 2022

२१०६ मत गनिसक्दा देउवाले पाए ९९१ मत

काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो । अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७६२ र प्रकाशमान सिंहले १७४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १२७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ७ मत मात्र प्राप्त भएको छ । सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: