Friday, January 28, 2022

निर्मल निवास लिङ्देनलाई प्रयोग गरि राप्रपा कब्जा गर्ने मिसनमा : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले निर्मल निवासले देशमा पुन देशमा अस्थिरता सिर्जना गर्न राप्रपा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोमबार पत्र पठाउँदै थापाले निर्मल निवासले राजसंस्था पुन स्थापनाका लागि विदेशी शक्तिको मुख ताक्ने र राजनीतिक अस्थिरता कायम गर्नेमा मात्रै ध्यान केन्द्रीत गरेको आरोप लगाएका हुन् । राजसंस्था पुनःस्थापनको निम्ति राजनीतिक दलहरूसँग सम्बन्ध सुधार गर्ने, जनताको विश्वास आर्जन गर्ने कार्यको सट्टा कहिले विदेशीको मुख ताक्ने अनि कहिले राजनीतिक अस्थिरता खडा गर्नेतर्फ मात्र निर्मल निवास केन्द्रित रह्यो, थापाले पत्रमा लेखेका छन्, अहिले आएर पुनः देशमा अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने डिजाइन अन्तर्गत राप्रपा नेतृत्व कब्जा गर्न खोजिएको हो ।

थापाले राजनीतिक अस्थिरता सिर्जना गर्ने निर्मल निवासको चाहाना आफूबाट पूरा नहुने देखेपछि आफ्नो पूर्व सहकर्मी (लिङ्देन) लाई प्रयोग गरिएको बताएका छन् । म बाट सहयोग नहुने देखिएपछि लामो समयसम्म मेरो अभिन्न सहकर्मी रहनु भएका तपाईंलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ । पहिले नै तयार गरिएका केही भजन मण्डलीसँग राप्रपालाई मिसाएर निहित स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोजिएको छ थापाले भनेका छन् । उनले निर्मल निवासले रिमोट कन्ट्रोलबाट राप्रपालाई चलाउने खोजेको आरोप पनि लगाएका छन् । आफूले भन्दै आएको विषयलाई पराजयपछिको आक्रोशको रुपमा मात्रै नलिन समेत उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: