Friday, January 28, 2022

सचिवालयले भन्यो : देउवा प्यानलले भ्रम फैलायो, शशांक शेखरकै प्यानलमा

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् । सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ । तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ ।

शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तिवारीले भने, उहाँको नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो । यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: