Friday, January 28, 2022

एमाले र कांग्रेसको अधिवेशन भीड जम्मा गर्ने थलो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन् ।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरेका हुन् ।

एमाले अधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै उनले एमाले अधिवेशन विचारहिनताको र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए । यस्तै हाल जारी नेपाली कांग्रेसको अधिवेशनमा राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्नेबारे बहस नगरिएको भन्दै आलोचना गरे ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: